माओवादीप्रतिको विश्वास ह्वात्तै बढेको प्रचण्डको दाबी, ०८४ मा क्लिनस्विप गर्नेगरि काम गर्न निर्देशन

700
Shares

मकवानपुर, ३ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले माओवादीप्रति विश्वास ह्वात्तै बढेको दाबी गरेका छन् । उनले आगामी निर्वाचनमा देशव्यापी रुपमा विजय हाँसिल गर्नेगरि काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज (शनिबार) मकवानपुरको बाग्मती गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले अहिले देश र जनताप्रति इमानदार भएर काम गर्ने र परिवर्तनको संवाहक माओवादी नै हो भन्ने कुरा आम जनतालाई थाहा भैसकेको पनि दोहोर्याए । उनले सरकारमा वा सरकारबाट हटे पछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको सुनाए ।

सम्बोधनको क्रममा उनले भने,‘म गएको ठाउँमा नागरिकको लागि काम गर्ने माओवादी नै रहेछ भन्न अवस्था बनेको । माओवादी प्रतिको विश्वास अलिअलि होइन धेरै नै बढेको छ, बिचौलिया र भूमाफिया विरुद्ध अभियान चलाउँदा नागरिकहरूमा थोरै आशा पलाएको छ । सोही कारणले माओवादी केन्द्रको लोकप्रियता बढेको हो । माओवादीको लागि यो अवसर पनि हो । यो अवसर सधैँ पाइन्न ।’ प्रचण्ड आजै झापामा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुन त्यतैबाट जाने कार्यक्रम रहेको छ ।

Skip This