Logo

अध्यादेश पास गर्न सहमति जुटाउने प्रयास हुँदैछ, लोसपाले सरकार छोड्दैन : शंकर पोख्रेल



काठमाडौं, ३ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले अध्यादेश पास गराउनको लागि प्रयास गरिएको बताएका छन् । उनले भने,‘अध्यादेश पास गर्ने कुरामा बाहिर चर्चा भएजस्तो अवस्था छैन्, अध्यादेश पास गर्न सहमति जुटाउने प्रयास भैरहेको छ।’

विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा पोख्रेलले अध्यादेशले देशको अर्थतन्त्रमा देखिएको संकटलाई समाधान गर्ने विश्वास दिलाएका हुन् । सो क्रममा उनले महन्थ ठाकुर नेतृत्वको लोसपाले सरकार नछाड्ने दाबी गरे ।

लोसपाले भने अध्यादेशको विपक्षमा उभिने निर्णय लिएको छ । सरकारले ल्याएका ६ वटा अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेश अस्विकार गर्ने लोसपाको निर्णय छ । लोसपाभन्दा अघि सत्ता गठबन्धनमै रहेको उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालले पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय लिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्