सप्तरी, ३ फागुन । सत्तारूढ नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विपक्षी दलका नेता प्रचण्डमाथि राजावादीसँग लहसिएको आरोप लगाएका छन् । उनले प्रचण्डको राजावादीहरूसँग हिमचिम बढेको आरोप लगाएका हुन् ।
पार्टीको सप्तरी जिल्ला कमिटीद्वारा आयोजित वडाकेन्द्रित ३ महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रमको लागि राजविराज पुगेका ज्ञवालीले आज आयोजित पत्रकार भेटघाटमा यस्तो आरोप लगाएका हुन् । ज्ञवालीले प्रचण्ठडमाथि आफ्ना स्वार्थका लागि राजावादीसँग लहसिएको आरोप लगाएका हुन् ।
उनले प्रचण्ड देशमा अस्थिरता निम्त्याउन लागिपरेको गम्भीर आरोप लगाए । प्रचण्डले सरकारबाट हट्नेबित्तिकै बंगलादेशको जस्तो आन्दोलनको कुरा गरेकोप्रति ज्ञवालीको आपत्ति हो । ज्ञवालीले अहिले विकासले गति लिएको र अर्थतन्त्रमा पनि सुधार देखिएको दाबी गरे ।
प्रतिक्रिया