Logo

प्रधानमन्त्री ओलीविरुद्ध बालेनका सल्लाहकारले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै, सुवेदी र पाण्डेयको इजलासमा पेशी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको रिटको पेसी आज तोकिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सल्लाहकार रहेका अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको सो रिटमाथि आज सुनुवाइ हुन लागेको हो । सो रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तोकिएको छ ।

अर्यालले गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित प्रधानमन्त्री ओलीविरुद्ध माघ २९ गते अदालतको अबहेलना मुद्दादायर गरेका थिए ।

गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा ओली सरकारले अवरोध गरेको हुँदा ओलीलाई पदबाट मुक्त् गर्नुपर्ने अर्यालको माग छ ।



प्रतिक्रिया दिनुहोस्