Logo

बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री र मेयर भेट्न सभामुख घिमिरे पुगे कीर्तिपुर



काठमाडौं । सभामुख देवराज घिमिरेले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कीर्तिपुर बर्न अस्पतालमा पुगेर आइतबार उनले घाइतेद्वय पौडेल र आचार्यको अवस्थाबारे जानकारी लिएका हुन् ।

बर्न अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा अर्थमन्त्री पौडेल र मेयर आचार्य उपचाररत छन् । शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा उनीहरू घाइते भएका हुन् ।

पौडेल र आचार्यलाई ४८ घण्टासम्म कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा राखेर उपचार सुरु अघि बढाइएको छ।

अर्थमन्त्री पौडेलको घाँटी र दुबै हातको हत्केलाको माथिल्लो भागमा जलन भएको छ। कम्तीमा पनि ४८ घण्टा सघन उपचार कक्ष (आइसीयु) मा राखेर उपचार गरिने अस्पतालले जनाएको छ।

मन्त्री पौडेलको ५ देखि ६ प्रतिशत र मेयर आचार्यको ३ देखि ४ प्रतिशत जलन भएको छ।

यसअघि आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल पनि अस्पताल पुगेर दुवैजनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । स्वास्थ्यमन्त्री प्रदीप पौडेल, गृहमन्त्री रमेश लेखकसहितका नेताहरू शनिबार साँझै अस्पताल पुगेरका अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यबारे जानकारी लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्