Logo

अध्यादेश कम्तीमा एक सातापछि मात्रै संसद्‍मा अघि बढ्ने, विद्यालय शिक्षा र निजामति सेवा ऐन चालु अधिवेशनबाटै पारित गरिने



काठमाडौं । संसद्बाट स्वीकृत हुन बाँकी ६ वटा अध्यादेश कम्तीमा एक सातापछि मात्र संसद्मा अघि बढ्ने भएको छ । आइतबार बसेको सत्तारुढ दलका प्रमुख सचेतकहरुको बैठकले फागुन ११ गतेपछि मात्र अध्यादेश संसद्को कार्यसूचीमा राख्ने सहमति गरेका हुन् ।

प्रतिनिधि सभाको बैठक आइतबार, सोमबार र मंगलबार लगातार बस्दैछ । यी तीनवटै बैठकमा अध्यादेश अगाडि बढाउने कार्यक्रम नराखिने भएको छ ।

त्यसपछि प्रतिनिधि सभाको अर्को बैठक यही फागुन ११ गतेका लागि राख्ने गरी प्रतिनिधि सभाको सम्भावित संसदीय क्यालेन्डर तयार गर्ने निर्णय आजको बैठकले गरेको छ ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमाले मूख्य सचेतक महेश बर्तौलासहित जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागी थिए ।

सत्तारुढ दलहरूको हिजो बसेको बैठकले भूमि सम्बन्धी बाहेक अन्य अध्यादेश सदनमा अघि बढाउने निर्णय गरेको थियो ।

शनिवार बसेको सत्ता साझेदार दलहरूको शीर्ष नेताको बैठकले भूमि बाहेकका अन्य अध्यादेश तत्काल दुवै सदनमा टेबल गर्ने सहमति जुटाएको थियो । भूमि अधयदेशका जसपा नेपाल र लोसपा नेपालले आपत्ति जनाइरहेका छन् । यी दुई दलको साथ बिना राष्ट्रिय सभाबाट सो अध्यादेश स्वीकृत हुने अवस्था छैन् ।

यसैबीच प्रमुख सचेतकहरूको बैठकले संसदमा विद्यालय शिक्षा र निजामति कर्मचारी विधेयकलाई अघि बढाउने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्