Logo

संसद्मा राप्रपाले भन्यो: जनता जागिसके, तत्काल राजासहितको प्रजातन्त्र घोषणा गरौं



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउन विदेशी चलखेल भएको दाबी गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद तथा महामन्त्री धवल शमसेर राणाले नेपालमा ९४ प्रतिशर ओमकार समूदाय रहँदा रहँदै विदेशीको आडमा धर्मरिपेक्ष राज्य बनाईएको आरोप लगाएका हुन् ।

महामन्त्री राणाले नेपाली जनता जागेको दिन यो संसद्लाई अफ्ठ्यारो पर्ने हुँदा बेलामै निर्णय सच्याउन माग गरेका छन् । नेपालमा धर्म परिवर्तन गराउन अमेरिकाले डलर खर्च गरेको घटनामा अमेरिकी दूतावासलाई कूटनीतिक नोट पठाउन माग गरेका छन् ।

‘म विन्रमतापूर्वक अनुरोध गर्न चाहान्छु कि ९४ प्रतिशत ओमकार परिवार बस्ने राष्ट्रका नागरिकलाई यो कुरा चित्त बुझेको छैन् । पुन यो राज्यलाई धर्मसापेक्ष नेपाल अर्थात राजासहितको ज्रजातन्त्रमा परीणत गर्नका लागि यो सभासहित आग्रह गर्न चाहान्छौं । जनता जागिसकेका छन् । यो कुरामा अब नेपाली जनता चुप लागेर बस्ने स्थितिमा छैन्न । भोलि आन्दोलन हुन्छ’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्