Logo

संसद्मा रास्वपाको आक्रोश: सर्वसाधारण जल्दा गाडीको हुट, मन्त्री र मेयरलाई हेलिकप्टरबाट उद्धार ?



काठमाडौं । रास्वपाकी सांसद विन्दाबासिनी कंसाकारले शनिबार पोखरामा भएको दुर्घटनामा परेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यलाई उद्दार गरेर काठमाडौं ल्याउँदा हेलिकोप्टर प्रयोग गरिएको तर, काठमाडौंमै आगलागीमा परेर नागरिक जल्दा बसको हुटमा राखेर उद्दार गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मन्त्री र सर्वसाधरण नागरिकलाई एउटै व्यवहार गरिनुपर्ने माग पनि राखेकी छन् । ‘अस्ति भर्खर शान्दार मममा ग्याँस विस्फोट हुँदा, सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । आज मन्त्रीज्यु र मेयरज्युलाई हेलिकप्टरबाट उद्धार गरिएको छ,’ सांसद कंसाकारले भनिन् ।

शान्दार मममा भएको ग्यास विस्फोटमा परेर चार जनाको मृत्यु भएको छ । नेपालमा आगलागीको घटना बढिरहेको भन्दै उनले सरकारले पूर्व तयारीमा ध्यान दिनुपर्ने बताइन् । ‘नेपालमा अकुपेस्नल सेफ्टी एण्ड हेल्थलाई प्राथमिकता दिइँदैन । जसका कारण उच्च पदस्थ व्यक्तिहरू समेत दुर्घटनाको सिकार भइरहेका छन्,’ उनले भनिन् । थिङ्क सेफ्टी, डु सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सिमित हुन पुगेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्