
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्नोत्तर कार्यक्रममा खुट्टामा समस्या भएपछि कुर्सीमा बसेर जवाफ दिन थालेका छन् । आजको प्रतिनिधिसभाको जारी प्रश्नोत्तरमा ओलीले खुट्टामा समस्या भएको भन्दै कुर्सी मागे ।
“सभामुख महोदय, खुट्टामा थोरै समस्या भएकाले कुर्सी प्रयोग गर्ने गरिएकै छ,”ओलीले भने । त्यसपछि उनी कुर्सीमा बसेर जवाफ दिएका छन् ।
सभामुखसँग ओलीले कुर्सी माग गरेपछि कुर्सी उपलब्ध गराईएको छ । यसअघि पनि पटक-पटक ओलीले संसद्मा कुर्सीको प्रयोग गर्ने गरेका छन् ।