Logo

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको तयारी पूरा



काठमाडौं । नेपालमा भोलिबाट सुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीताको तयारी पूरा भएको जानकारी गराएको छ । भोलिबाट सुरु हुने प्रतियोगीता १४ गतेसम्म चल्नेछ । प्रतियोगीतामा नेपालसहित किर्गीस्तान, म्यानमार र लेवनान सहभागी हुनेछन् ।

नेपालमा पहिलो पटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो। खेलहरू सुरुमा राउन्ड रोबिन आधारमा हुनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे सञ्चालन हुनेछन्।

प्रतियोगिताका लागि साधारण पाराफिटतर्फ टिकट ५ सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिने एन्फाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्