काठमाडौं, ४ फागुन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् र कानूनी शासनको उपहास गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओली आफ्नो प्रश्नको जवाफ नदिई भागेको साहको आरोप छ ।
सामाजिक सञ्जाल फेशबुकमा साहले लेखेका छन्–
आजको प्रतिनिधिसभामा मेरो प्रश्नबाट प्रधानमन्त्रीजी भाग्नु भएकोछ । देश र जनता संग जोडिएको प्रश्नबाट भागेर प्रधानमन्त्रीजीले संसदको प्रश्नोत्तर कार्यक्रमको धज्जीमात्र उडाउनुभएको छैन, सिङ्गो संसद र जनताको अपमान गर्नुभएको छ । उहाँको व्यवहार, शैली र प्रस्तुति कानूनी शासनको समेत उपहास हो । म प्रधानमन्त्री ओलीलाई प्रश्न गर्न चाहन्छु–लोकतन्त्रमा प्रश्नको जवाफ नदिएर कति दिनसम्म भाग्नुहुन्छ ? यस विषयमा विस्तृत जान्न यो पुरा भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला !
प्रतिक्रिया