काठमाडौं, ४ फागुन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने भन्दै ऐन संशोधन गरेर विद्येयकपनि बनेको र कार्यान्वयन भैरहेको सन्दर्भमा फेरि नेपाल आउन भिसा लिनुपर्ने प्रावधान किन राखियो ? भन्दै प्रश्न गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता एने, २०६३ लाई संशोधन गर्न बनेको विद्येयकमाथिको छलफलमा भाग लिँदै सांसद महतोले विद्येयकमा धेरै राम्रा कुराहरु पनि आएको बताए । उनले रंग र भेदको आधारमा विभेद नगरियोस भनेर सुझाव दिए ।
उनले अहिलेपनि आमाको नामबाट नागरिकता पाइरहेको अवस्था नभएको सुनाए । त्यसतर्फ कार्यान्व्यन पक्ष बलियो बनाउन उनको जोड छ । गैरआवासीय नेपालीहरुलार्इृ नागरिकता दिने भन्दै ऐन संशोधन गरेर विद्येयक पनि बनाएको स्मरण गदै डा. महतोले नागरिकता लिइसकेको अवस्थामा उनीहरुलाई भिसा लिनुपर्ने प्रावधान किन राखियो ? भन्दै प्रश्न गरे । उनले नागरिकतासम्बन्धी संशोधन विद्येयकमा जिल्ला प्रशासन कार्यालयबाट नै नागरिकता वितरण गर्नुपर्ने प्रावधान राख्नुपर्ने सुझाव दिए ।
प्रतिक्रिया