काठमाडौं महानगरले ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरुले गुहारे मानव अधिकार आयोग

1.4k
Shares

काठमाडौं, ४ फागुन । काठमाडौं महानगरपालिकाले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउने नागरिकको हकमाथि हस्तक्षेप गरेको भन्दै कवाड व्यवसायी समाज नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकार्षण गराएको छ । आज (आइतबार) कवाड व्यवसायी संघर्ष समितिका अध्यक्ष राम केवल गुप्तासहितको टोलीले आयोगका अध्यक्ष तपबहादुर मगरलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा महानगरले कवाडहरुमा डोजर चलाउने, महानगर प्रहरीले व्यवसायीलाई कुटपीट, गाली गलौज तथा अभद्र व्यवहार गर्ने गरेको उल्लेख छ । महानगर प्रहरीले कुटपिट गर्दा व्यवसायी र कवाड संकलकहरु अंगभंग हुनुपरेको, केही मानिसहरु अझै उपचाररत रहेको र महानगरले गरिखाने आधार नै भत्काइदिएको भन्दै उनीहरुले आयोग गुहारेका छन् ।

महानगरको अराजक गतिविधिमाथि रोक लगाई आफूहरुको पेशा व्यवसाय गर्ने पाउने अधिकारको संरक्षण गरिदिन उनीहरुले आयोगसमक्ष आग्रह गरेका छन् ।

Skip This