अहिलेको सरकारबाट भारतको सुरक्षा थ्रेट बढेको अमरेशकुमार सिंहको दाबी, प्रधानमन्त्री ओली दबाबमा रहेको टिप्पणी (भिडिओसहित)

2.4k
Shares

काठमाडौं, ५ फागुन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक कार्यक्रम (पव्लिक प्रोगाम) मा सहभागी नहुनको लागि सुरक्षा निकायले भनेको खुलासा गरेका छन् । उनले भने,‘अहिले नै प्रधानमन्त्रीलाई सुरक्षा निकायले क्लियर मेसेज दिएको छ कि तपाईं पब्लिक प्रोगाममा नजानु भनेर, अनि प्रधानमन्त्री भएर जनताको बीचमा जाँदै नजाने, जहाँ गयो त्यहीँ नारा लाग्छ, त्यहीँ ढुंगामुढा हुन्छ । त्यसकारण उहाँ मास मिटिङमा जानुहुन्न । पब्लिक मिटिङमा जानुहुन्न ।’

उनले प्रधानमन्त्री संसद् भवनमा पनि सुरक्षित नभएकोले हिजो संसद् भवनमा सयौंको संख्यामा प्रहरी परिचालन गरिएको खुलासा गरे । उनले प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरु प्रकाश ज्वाला, वर्षमान पुन र प्रभु साहको प्रश्नमा तिक्तता र कुण्ठा पोखेको भन्दै आलोचना गरे । उनले भने,‘उहाँको चेहरामा पनि साईनिङ छैन् । आजको दिनमा उहाँ धेरै दबाबमा हुनुहुन्छ । उहाँमा पार्टीभित्रको दबाब छ, पार्टी बाहिरको पनि दबाब छ । विदेशीको दबाब थेग्ने अवस्था छैन् । उता कांग्रेसमा पनि सबै चिज ठिकठाक छ त्यो पनि मलाई लाग्दैन् ।’

उनले ओमानमा नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतीय विदेशमन्त्री डा. एश जयशंकरसँग भेटवार्ता गरेपनि त्यसले दुई देशबीच सम्बन्ध सुधार नहुने र प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेपनि त्यो कर्मकाण्डी हुने दाबी गरे । अहिलेको सरकारको विभिन्न कामकारबाहीले भारतको सुरक्षा थ्रेट बढेर गएको सिंहको दाबी छ ।

उनले भने,‘भारतलाई नेपालको पोरस बोर्डरबाट सुरक्षा थ्रेट बढेर गैरहेको छ । जुन प्रकारले सरकारले उत्तरी छिमेकीसँग हवनविङ गरेर देशलाई डिस्टेबलाईजिङ गर्न खोज्दै हुनुहुन्छ, त्यो मलाई लाग्छ भारतलाई स्विकार भैरहेको छैन् । पश्चिमालाई पनि स्विकार्य छैन् ।’ उनले नेपालका वामपन्थीहरुको अन्तिम धाम नै चीन भएको र चीनले पनि नेपालका वामपन्थीहरुलाई एक बनाउन प्रयास गर्ने खुलासा गरे ।

सो क्रममा उनले सरकारले ल्याएका विभिन्न अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश पारित नहुने दाबी गरे । उनले उपेन्द्र यादव अहिले पीडामा रहेको पनि टिप्पणी गरे । उनले भने,‘उपेन्द्रजी अहिले पीडामा हुनुहुन्छ, त्यो पीडा दिएको ओली र प्रचण्डले हो, उहाँ त सरकारमा सहभागी भएकै बेलामा पार्टी फुटाईदिएको छ । यो सबभन्दा ठूलो विडम्बना हो ।’

Skip This