
काठमाडौं, ५ फागुन । अर्थमन्त्री विष्णु पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थयकर्मीदेखि सुरक्षाकर्मीप्रति आभार प्रकट गरेका छन् । पोखराको एक कार्यक्रममा सहभागी हुने क्रममा बेलुन पड्किए भएर आगलागीको घट्नामा परी घाईत भएर उपचारपछि डिस्चार्ज भएपछि पौडेलले यस्तो आभार प्रकट गरेका हुन् ।
उनले फेशबुकमा लेखेका छन्–
यही २०८१ साल फागुन ३ गते पोखरामा आयोजित ूपोखरा भ्रमण वर्ष( २०२५ू को औपचारिक घोषणा कार्यक्रममा बेलुन बिस्फोट भई म र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भयौं । घटना लगत्तै पोखराको गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचार र काठमाडौंको कीर्तिपुर अस्पतालमा थप उपचारका गरि आज फागुन ५ गते डिस्चार्ज भएको छु ।
घटना पश्चात् उपचारमा संलग्न हुनुभएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत व्यवस्थापनमा सहयोग गर्नुहुने र स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरुप्रति आभार व्यक्त गर्दछु । महानगर प्रमुख धनराज आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
file photo