Logo

जलनजस्तो संवेदनशील विषयमा आचारहीन टिकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा होः अध्यक्ष बस्नेत



काठमाडौं, ५ फागन । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालमा नकरात्मक सामाग्री मात्र आउनुपर्छ भन्ने गलत भाष्यलाई हटाउनुपर्ने धारणा राखेका छन् । जलन दूर्घटना जस्तो संवेदनशील विषयमा मानवीयताको ख्यालै नगरी आचारहीन र तथ्यहीन टिकाटिप्पणी हुनुलाई उनले असभ्यताको पराकाष्ठाको संज्ञा दिए । अध्यक्ष बस्नेतले राम्रो नदेख्ने र नलेख्ने प्रवृत्तिलाई सामाजिक सञ्जालको भाष्य बनाउन नहुनेतर्फ सबै सजग हुनुपर्ने बताए ।

सामाजिक सञ्जालमा नेपाली संस्कार र संस्कृति विपरित गाली संस्कृति हुर्किएको भन्दै उनले तथ्यसहितका सृजनात्मक सामाग्री हुनुपर्ने सुझाव दिए । नभएका कुरा जोड्जाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामाग्री सामाजिक सञ्जालमा राख्नु उपर्युक्त हुने उनको भनाइ छ । सामािजक सञ्जालमा नकरात्मकतालाई प्रश्रय दिन नहुनेतर्फ सजग हुनुपर्ने अध्यक्ष बस्नेतको भनाइ छ । ‘गालीगलौज र अश्लील भाषा, हिंसा, द्धेस फैलाउने, मनमुटाव बढाउने, जातजाती, धर्म, रीतिरिवाज र संस्कृतिबीच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्युव, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिँदा दुःख लाग्छ,’– अध्यक्ष बस्नेतले भनेका छन् ।

उनले नभएका कुरा गरेर आपसी फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृति भित्र नपर्ने तर्फ सजग गराउँदै आफ्नो संस्कृति आफै मिचेर बलवान नहुनेतर्फ सबैको ध्यानाकर्षण समेत गराएका छन् । पछिल्लो समय बेलुन दूर्घटना भई जलनमा परेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका विषयमा सामाजिक सञ्जालमा आएका कतिपय नकरात्मक सामाग्रीप्रति लक्षित गर्दै अध्यक्ष बस्नेतले त्यस्ता गतिविधिलाई असभ्य गतिविधिको संज्ञा दिएका छन् । उनले भनेका छन् ‘जलन दूर्घटनाजस्तो संवेदनशील विषयमा समेत मानवीयताको ख्यालै नगरी आचार र तथ्यहीन टिकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा हो ।’



प्रतिक्रिया दिनुहोस्