Logo

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालको सुखद् सुरुवात, कीर्गिस्तान पराजित



काठमाडौं, ५ फागुन । आज (सोमबार) देखि सुरू भएको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्‍यो । यो नेपालको पहिलो खेल हो । नेपालको जितको लागि ११औं मिनेटमा विमला चौधरीले गरेको एक मात्र गोल महत्वपूर्ण रह्यो ।

आजको खेलको प्लेयर अफ द म्याच प्रिती राई बनिन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छिन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्