
काठमाडौं, फागुन ६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।