
काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमणसम्बन्धी विधेयकको विपक्षमा उभिने उद्घोष गरेका छन् । आज (मंगलबार) पार्टीको भातृ संगठन नेपाल प्रेस युनियन शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उदघाटन सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।
उनले प्रेसमाथि अंकुश लाग्ने कुनैपनि विधेयक पास हुन नदिने बताए । उनले त्यस्ता प्रकारका विधेयकको विपक्षमा उभिने पनि बताए । ‘मेरो तर्फबाट मेरो पार्टीका अग्रजहरुलाई सोधेर, मेरो पार्टीको नीति र मैले अहिलेसम्म बुझेको, म अहिले जुन धरातलमा छु, प्रेस स्वतन्त्रताको पक्षमा उभिएको पार्टीले यो प्रस्तावित प्रेसमा अंकुश लाग्ने विधेयक पास गर्दैन । त्यसको विपक्षमा म उभिने छु,’– उनले भने । File Photo/RN