Logo

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिनका लागि कूटनीतिक पहल गर्न सरकारलाई राष्ट्रिय सभाको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रिय सभाले भारतको ओडिसामा भएको घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्राबासमा रहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनामा छानबिनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’

आइतबार राती रुपन्देहीकी २१ वर्षिया लम्साल मृत फेला परेकी थिईन् । भारतीय एक नागरिकको प्रेसर सहन नसक्दा उनले आत्माहत्या गरेको त्यहाँ रहेका नेपाली विद्यार्थीको आरोप छ । ती युवा हाल प्रहरीको नियन्त्रणमा छन् । पक्राउ परेका युवा प्रकृतिको प्रेमी हुन् ।



प्रतिक्रिया दिनुहोस्