
काठमाडौं, ६ फागुन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्यनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको छानविन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
आज (मंगलबार) अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सन्दीप पुन, देउमा जैसि (दिपा), ममता अधिकारी , महासचिव रोशन थापा मगर, उपमहासचिव रामचन्द्र भट्ट , सचिव प्रेम जैशीलगायतका विद्यार्थी नेताहरु प्रदर्शनमा सहभागी थिए ।
उनीहरुले ‘प्रकृति लम्साललाई न्याय दे, नेपाली विद्यार्थीमाथि भइरहेको दमन बन्द गर, नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गर, हत्यारालाई कारबाही गर, भारतमा अध्यनरत विद्यार्थीहरुको रक्षा गर’ लगायतका प्लेकार्डहरु प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल













