Logo

दिल्ली हुँदै कतार भ्रमणमा जाँदै उपेन्द्र



काठमाडौं, ६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कतार भ्रमणमा जाने भएका छन् । नेपाली समाज कतार, मधेश प्रदेश समन्वय परिषद कतार तथा उक्त परिषदअन्तर्गत कतारमा रहेका विभिन्न संघ संस्थाहरुको समन्वयमा होली महोत्सव, रमादान पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी कतार जान लागेका हुन् ।

अध्यक्ष यादव भोलि (फागुन ७ गते) दिउँसो १४ः५५ बजे एयर इन्डियाको विमानमार्फत भारतको नयाँ दिल्ली हुँदै कतार प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ । उनी आगामी फागुन १२ गते दुबई हुँदै साँझ २०ः४५ बजे हिमालय एयरलाइन्सको विमानमार्फत स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्