
काठमाडौं, ६ फागुन । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले सरकारले पछिल्लो समय ल्याएको अध्यादेशको अन्तरवस्तु हानिकारक रहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अध्यादेश ल्याउने प्रक्रिया र अध्यादेशभित्रको अन्तरवस्तु दुवै गलत रहेको बताएका हुन् । सरकारले पछिल्लो समय बलमिचाइँ गरेर ल्याएको अध्यादेशले दूरागामी असर पार्ने बताए । नेता ज्वालाले आफ्नो पार्टीले अध्यादेशको सन्दर्भमा संसद्मा हुने मतदानमा विपक्षमा मतदान गर्ने निर्णय गरेको पनि बताए ।
‘अध्यादेशहरु एकातिर प्रक्रिया मिचेर ल्याइएको छ । संसद् अधिवेशनको संघारमा अध्यादेश ल्याउनु यसैपनि गलत कुरा थियो । संसदीय समितिमा विचाराधीन रहेका, छलफल भइरहेका विधेयकहरुसमेत फिर्ता नलिएरै बलमिचाइँ गरेर अध्यादेश ल्याइएको छ । प्रक्रियागत रुपमा पनि यो गलत छ । यसको अन्तरवस्तुहरु झन हानिकारक छन् । दूरागामी रुपमा नकरात्मक असर पार्ने खालका छन् । त्यसैले हाम्रो पार्टी अध्यादेशको प्रक्रिया र अन्तरवस्तुको विपक्षमा छ । अध्यादेशको सन्दर्भमा संसदमा हुने मतदानमा विपक्षमा मतदान गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ,’– उनले भने । File Photo/RN