Logo

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?



काठमाडौं । पाँच दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ। गएको आइतबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ।

आज सुनको मूल्य तोलामा तीनसय रुपैयाँ बढेर एक लाख ६० हजार सातसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।

हिजो सुनको मूल्य एकलाख ६० हजार चारसय रुपैयाँ थियो। चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो । 



प्रतिक्रिया दिनुहोस्