Logo

कार्य विभाजनका लागि बसेको एकीकृत समाजवादीको बैठक निष्कर्षविहीन, झलनाथले ल्याए लिखित प्रस्ताव



काठमाडौं । नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ । नेताहरुको कार्य बिभाजनबारे छलफल गर्न बैठक डाकिएको थियो ।

पार्टी कार्यालय आलोकनगरमा झण्डै तीन घण्टासम्म कार्यदलको बैठक बसेपछि सहमित नजुटेको एक नेताले जनाकारी दिए । उनका अनुसार बैठक भोलि र पर्सी लगातार बस्ने सहमति भएको छ । आजको बैठकमा पार्टीका सम्मानीत नेता झलनाथ खनालले भने महाधिवेशनमा देखिएका सबै समस्यालाई हल गर्नेगरी अघि बढ्नुपर्ने अनिमात्र नेताहरुको कार्यविभाजन गर्नुपर्ने बताएका थिए । खनालले आफ्नो छुट्टै लिखित प्रस्तावसमेत बैठकमा पेश गरेका थिए ।

अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल रहेका छन् ।

असारमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनपछि विभिन्न विभाग प्रमुख र उपप्रमुख, जिल्ला तथा प्रदेश इन्चार्ज र सहइन्चार्ज, आयोग प्रमुख र उपप्रमुखका साथै जनसङ्गठन इन्चार्ज तोक्नुपर्ने भए पनि सहमति नजुट्दा ढिलाइ भएको छ ।

केन्द्रीय अधिवेशन र भएको नेतृत्व चयनको विषयमा पार्टीमा चरम असन्तुष्टि सिर्जना भएको छ । नेताहरुबीच चरम असन्तुष्टि रहँदा विभिन्न विभागका प्रमुख उपप्रमुख,जिल्ला प्रदेश इन्चार्ज लगायत तोक्ने पार्टीले तयारी गरेको छ । एकीकृत समाजवादीमा महाधिवेशनपछि पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय सदस्य चयनमा नेतृत्वले आफन्त र गुटलाई प्राथमिकता दिएको भन्दै चर्को असन्तुष्टि छ ।



प्रतिक्रिया दिनुहोस्