Logo

स्मीता दाहाल र खेम सेञ्चुरीको ‘खैला बैला’ गीतको भिडिओ सार्वजनिक



काठमाडौं, ११ असोज । चर्चित गायिका स्मीता दाहाल र गायक खेम सेञ्चुरीको स्वर रहेको ‘खैला बैला’ गीतको भिडिओ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द, रचना रहेको गीतमा गायक सेञ्चुरीले नै संगीत भरेका हुन् ।

खेम आँफै यो गीतको भिडिओमा चर्चित मोडेल अञ्जली अधिकारीसँग फिचर्ड छन् । खेम सेञ्चुरी युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीत प्रिज्म स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

अहिलेका पुस्ताको चर्चित गायक र गायिकाको स्वर रहेको गीत डान्सिङ सङ हो । दशैंको मुखमा आएको यो गीतलाई दर्शक तथा श्रोताले रुचाउने भिडिओ निर्माण पक्षको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्