Logo

सिंहदरबारमा सर्वदलीय बैठक सुरु



काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वपक्षीय बैठक सुरु भएको छ । सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको हो ।

बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली भने अहिले अमेरिकामा छन्। आफू अमेरिका जाने भएपछि उनले उपप्रधान एवं सहरी विकासमन्त्री सिंहलाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा केही बेरअघि सुरु भएको बैठकमा गृह, भूमि, रक्षा, शिक्षा, पर्यटन, कानून, श्रमरोजगार, वन, उर्जा तथा सञ्चारमन्त्री उपस्थित छन्। 

त्यसैगरी सत्तारुढ एमालेका महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, लोसपाका नेता महन्थ ठाकुर, नेमकिपाका प्रेम सुवाल, रास्वपाका विराजभक्त श्रेष्ठ, अमरेशकुमार सिंह, राजकिशोर यादव लगायत सहभागी छन्।

शुक्रबारदेखि परेको लगातारको पानीका कारण आएको बाढी र पहिरोमा परेर एक सय भन्दा धेरै नागरिकले ज्यान गुमाएका छन् भने हजारौ घरबारवीहिन बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्