Logo

बाढीबाट प्रभावित भएपछिको मेडिसिटी अस्पताल, पूर्ववत् अवस्थामा फर्काउने तयारी (फोटोफिचर)



काठमाडौं, १३ असोज । अविरल वर्षाको कारण नख्खु खोलाको बाढी पसेपछि ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पताल पनि प्रभावित बनेको छ । डा. उपेन्द्र महतोले प्राकृतिक विपत्तिको सामना गर्नुपरेकोले अस्पतालले केही दिन स्वास्थ्य सेवा दिन नसक्ने भएपछि दुःख व्यक्त गरेका छन् ।

तर, सबैको साथ र सहयोगको अपेक्षा गर्दै छिट्टै अस्पतालको सेवा सञ्चालन गरिने उनले विश्वास दिलाएका छन् । अस्पतालको बेसमेन्टमा पानी पसेपछि आकस्मिकलगायतका सेवा प्रभावित बनेको छ। अहिले अस्पताल व्यवस्थापन टिमले सो क्षेत्रको सफाई अभियान थालेको छ । ७५० बेडको अस्पताल देशकै सबैभन्दा ठूलो निजी अस्पताल हो ।

यो अस्पतालले विश्वस्तरीय सेवा दिएकोले एनएबिएच अवार्डसमेत हात पारेको छ । उपचारकै लागि नेपालीहरुलाई विदेश जान नपरोस भनेर र नेपाललाई मेडिकल हब बनाउने उद्देश्यले डा. महतोले यो अस्पताल सञ्चालनमा ल्याएका हुन् । छोटो समयमा नै अस्पताल सबैको रोजाईमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्