Logo

जसपा नेपालको प्रचार विभाग प्रमुखमा पूर्ण बस्नेत



काठमाडौं, १३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पूर्ण बस्नेतले पाएका छन् ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बस्नेतलाई प्रमुखको जिम्मेवारी तोकेको हो । बस्नेत यस अघि पनि सोही विभागका प्रमुख थिए ।

महाधिवेशनपश्चात बसेको पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठकले १७ वटा विभाग गठन गरेको छ । जसमध्ये पाँचवटा विभागमा विभागीय प्रमुख तोकिएको छ ।

जसअनुसार विदेश विभाग प्रमुखमा अर्जुन थापा, आर्थिक विभागमा बलराम महतो, युवा विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विदेश्वर यादव र सूचना, सञ्चार विज्ञान तथा प्रविधि विभागमा जितेन्द्र यादव प्रमुख चयन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्