Logo

राजेन्द्र लिङ्देन र चिनियाँ राजदूतबीच भेटवार्ता, प्रधानमन्त्री ओलीको भ्रमणदेखि बीआरआईसम्म छलफल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान नेपालका लागि चीनका राजदूत सोङसँग पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको हो । चिनियाँ राजदूतसँगको भेटमा लिङ्देनले निकट भविष्यमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, दुई देशबीचको आपसी हित र सम्बन्ध बीआरआई परियोजना तथा पोखरा विमानस्थल लगायत विविध पक्षमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । ओलीको चीन भ्रमणका क्रममा बीआरआईमा हस्ताक्षर हुने सम्भावना छ । यद्यपि बीआरआई ऋणमा लिने कि अनुदान भन्नेमा भने कुरा मिलिसकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्