काठमाडौं, मंसिर १४ । राहदानी विभागले राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ। बिहीबार विभागले बोलपत्र आह्वान गर्दै ६४ लाख थान राहदानी छपाइका लागि दुई वटा प्याकेजमा आवेदन मागेको हो। विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका लागि पहिलो प्याकेज बनाइएको छ।
त्यस्तै दोस्रो प्याकेजको ठेक्कामा भने पर्सनलाइजेसनसहितको बुकलेट, गुणस्तर नियन्त्रण र प्याकिङ सिस्टमको काम राखिएको छ। विभागले ४५ दिनको म्याद राखेर पासपोर्टको ठेक्का गरेको हो। १२ जनवरी २०२५सम्म इच्छुक कम्पनीले बोलपत्र पेश गर्न पाउनेछन्।