काठमाडौं, १४ मंसिर । प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईँका ९ जना समर्थक आज छुटेका छन् । प्रसाईँ पक्राउ पर्ने क्रममा उनीहरुलाई पनि नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाइएको थियो ।
पक्राउ परेकाहरु ओमप्रकास लुईटेल, राजु राणाभाट, देवी संग्रौला, सुदीप नेपाल, बलबहादुर तामाङ, रमेश कुमार परियार, विश्वास सुवेदी, माधव पौडेल र तुलसीबहादुर विश्वकर्मालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले तारेखमा छाडेको हो ।