काठमाडौं, १४ मंसिर । भारतीय क्रिकेटर शिखर धवन पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आईपुगेका छन् । धवन आज (शुक्रबार) साँझ नेपाल आइपुगेका हुन्। एनपिएल टोली कर्णाली याक्समा आबद्ध धवनलाई प्रति खेलको ३० हजार अमेरिकी डलर पारिश्रमिक निर्धारण गरिएको छ ।
काठमाडौं ओर्लिएका धवन नेपाली ढाका टोपीसहित देखिएका थिए । उनले आफू नेपालमा पहिलोपटक आएको भन्दै खुशी लागेको प्रतिक्रिया दिए । उनले भने-“नेपालमा पहिलो पटक आएको छु। धेरै खुसी लागेको छ। कर्णाली याक्स र नेपालका स्थानीय खेलाडीसँग उत्साहित छु।’
नेपाल बसाईको क्रममा आफू भगवान पशुपतिनाथको दर्शन गर्न जानेपनि जानकारी दिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम