काठमाडौं, १६ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले बीआरआई कार्यान्वयनका सन्दर्भमा नेपालका प्रमुख दलहरु नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बनेको दाबी गरेका छन् । योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा उक्त सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तिव्रता आउने विश्वास व्यक्त गरेका छन् ।
बीआरआईको कार्यान्वयनको सन्दर्भमा दुई दलबीच भएको सहमतिबारे पोख्रेलले यस्तो लेखेका छन्–
बिआरआईको कार्यान्वयका सन्दर्भमा नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा(एमाले)ले साझा धारणा बनाउने काम गरेकाछन् । विगतमा बिआरआईका सन्दर्भमा नेपालले एमओयू हस्ताक्षर गरेपनि सो अन्तरगतका परियोजनाहरु अघि वढ्न सकेका थिएनन् । अव बिआरआई अन्तरगतको चिनिया सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएसंगै परियोजना कार्यान्वयनमा सहजता हुनेछ । प्रधानमन्त्रीको आसन्न चिन भ्रमणमा यस सहमतीले सार्थकता पाएसंगै नेपालको विकासमा चिनिया सहयोग परिचालनमा तिव्रता आउनेछ । बिआरआईका सन्दर्भमा प्रमुख दलहरु बीचको सहमतीले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रकृया आरम्भ भएको मान्न सकिन्छ ।