काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।
यसअघि नयाँ नेतृत्वका लागि यही मङ्सिर २३ र २४ गते अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन तय भएको थियो । तर, तत्कालका लागि सम्मेलन स्थगित गरेर यही मङ्सिर २७ गते बस्ने स्थायी कमिटी बैठकले निर्णय गर्ने आजको बैठकले निर्णय गरेको छ ।