काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द्र) ले आगामी २०८४ मा हुने उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । आज (बिहीबार) प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठकले हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामको विश्लेषण गर्दै आगामी ०८४ को निर्वाचन एक्लै लड्ने गरी तयारी थाल्ने निर्णय गरेको हो ।
स्थानीय तहका विभिन्न ४४ पदका लागि देशभरका स्थानमा भएको उपनिर्वाचनमा माओवादीले ११ ठाउँमा जित हाँसिल गरेको थियो । प्रमुख प्रतिपक्षी दल माओवादी स्थानीय तह उपनिर्वाचनमा दोस्रो भएपछि उत्साहित देखिएको हो ।
बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जनता र आफूहरुको मन एकै विन्दुमा आइपुगेको बताए । उनले माओवादी बीचमा केही अल्मलिएको जस्तो देखिएपनि पुनः जनताको एजेण्डामा फर्किएको बताए । उनले माओवादीले काठमाडौंको कीर्तिपुरमा दोस्रो स्थान हाँसिल गरेको कुरालाई पनि जितकै रुपमा लिइनुपर्ने उनले बताए ।