Logo

चौथो खेलमा पनि अर्धशतकविहीन बने गुर्खाजका ब्याटर, लुम्बिनीले पायो १०४ रनको सामान्य लक्ष्य



काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर विरुद्ध पहिले ब्याटिङ गरेको काठमाडौं १९।२ ओभरमा १०३ रनमा अलआउट भयो । काठमाडौंका लागि भिम शार्कीले सर्वाधिक ३१ रन जोडे । २१ रन बनाउँदा जीवनदान पाएका भीमले थप १० रन जोडेका थिए । डान डौथवेट २१ र प्रतिक श्रेष्ठ २० रनमा आउट भए ।

साहब आलमले ८ रन जोडेको खेलमा स्टेफेन इस्किनाजी १३ तथा सुमित महर्जन ४ रनमा आउट भए । कप्तान करण केसी १ रनमै आउट हुँदा गुर्खाजको पाली भीमले सम्हालेका थिए ।

बलिङतर्फ लुम्बिनीका साद विन जफरले ३ तथा अभिशेष गौतम र रामोन सिमण्ड्सले समान २ विकेट लिए । विवेक यादव र सूर्य तामाङको नाममा समान एक विकेट रह्यो । चौथो खेल खेलिरहेको गुर्खाजका कुनै पनि ब्याटरले हालसम्म अर्धशतक हिर्काउन सकेका छैनन् । अघिल्लो खेलमा सुमित महर्जनले जोडेको ४० रननै गुर्खाजका ब्याटरले हिर्काएको सबैभन्दा ठूलो स्कोर हो ।

प्रतियोगिताका पाँचमध्ये चार खेलमा हार व्यहोेरेको लुम्बिनी आजको खेलमा पराजित भए प्रतियोगिताको प्लेअफ यात्राबाट बाहिरिने पहिलो टोली बन्नेछ ।

आफ्नो पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको लुम्बिनीले त्यसअघिका चार खेलमा भने लगातार हार व्यहोरेको थियो ।



प्रतिक्रिया दिनुहोस्