Logo

छानबिनमा परेपछि राजीनामा दिएका इन्स्पेक्टर कुँवरविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचारको मुद्दा



काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्दा नक्कली पाईएपछि बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन हुने भएपछि कुँवरले राजीनामा दिएका थिए । कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन,युपी।) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेको अख्तियारको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्