काठमाडौं, २६ मंसिर । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ७ वर्ष कैद सयाजको माग दाबी गर्दै प्रसाईँविरुद्ध मुद्दा दायर गरेको हो ।
नेपाल प्रहरीको साईबर व्यूरोको रायसहितको प्रतिवेदनको आधारमा उनीविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो । प्रसाईँ अहिले पनि प्रहरी हिरासतमा छन् । कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भनी फेक भिडियो बनाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
यसअघि पनि साइबर क्राइममा पक्राउ परेका प्रसाईँ एक लाख धरौटीमा रिहा भएका थिए । प्रसाईँले निरन्तर रुपमा दलका शीर्ष नेताहरुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै आएका थिए ।