काठमाडौं, २७ मंसिर । खड्काल्याण्ड डेभलपमेन्ट प्रा.ली. ले नेपाल स्काउटसँगको भाडाको विवाद समाधानतर्फउन्मुख रहेको दाबी गरेको छ । प्रा.ली.ले उर्जामन्त्री दीपक खड्काको नाम जोडेर समाचार आएकोमा भने ध्यानाकार्षण भएको जनाएको छ ।
नेपाल स्काउटसँगको पछिल्लो छलफल र सहमतिपछि भाडा बुझाउने काम भैरहेको कम्पनीका पदाधिकारीले जनाए । ती पदाधिकारीकाअनुसार मन्त्री खड्काको स्वामित्वमा अहिले यो कम्पनी छैन् ।
खड्काले धेरै पहिले नै यो कम्पनीको स्वामित्व हस्तान्तरण गरिसकेका छन् । हिजो मंसिर २६ गतेसम्म प्रा.ली.ले नेपाल स्काउटलाई १ करोड ७५ लाख भाडा बुझाईएको छ । नेपाल स्काउटले पनि आजै एक विज्ञप्ती निकालेर मन्त्री खड्काको नाम जोडेर आएका समाचारको खण्डन गर्ने बुझिएको छ। file photo