काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको विशाल लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्यो । विराटनगरका लागि बसिर अहमदले शानदार ब्याटिङ गरे । ४४ बलको सामना गरेका उनले समान ४ छक्का र चौकाको मद्दतमा ६८ रन जोडे । नटआउट रहेका राजेश पुलामीले ३३ रन थपे ।
ओपनर मार्टिल गप्टील ४५ रन बनाउँदै पेभेलियन फर्के। ३५ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गप्टील कुशल मल्लको बलमा बोल्ड आउट भए।
लोकेश बम र स्कट इडवार्ड शुन्य रनमा नै आउट भए। रिजन ढकालको बलमा ४ रन बनाउँदा दिपक बोहोरा पनि बोल्ड हुन पुगे। निकोलस किर्तोन ८ रन बनाउँदा बसिर हमिदको बलमा एल्बीडब्लु धरापमा परे।