काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।
‘वर्तमान सरकार रुमलिएको हो ?’ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘जनताले जति अपेक्षा गरेका थिए, त्यति चाहीँ हामीले नतिजा दिन सकेको जस्तो लाग्दैन । अल्मलिएको र रुमलिएको चाहीँ होईन ।’
साथै, सहकारी ठगीमा संलग्न सबै कारबाहीको दायरामा आउने उनले बताए । विगतमा कांग्रेसका नेताहरु खुमबहादुर खड्का, जेपी गुप्ता, बालकृष्ण खाँणलगायतका नेताहरु जेल गएको बताउँदै उनले वर्तमान सरकारले आफ्ना मान्छे नबचाउने बताए ।