काठमाडौँ, २९ मङ्सिर । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने बेला नभएको बताएकी छन् । रातो झिल्को पत्रिकाको १६ अङ्क ‘बहस संविधान संशोधनः अग्रगामी कि पश्चगामी ?’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले जनताको लामो सङ्घर्षबाट बनेको वर्तमान संविधान जारी भएको भर्खर नौ वर्ष पुगेकाले राम्रो प्रयोग र उपयोग नभई संशोधनको औचित्यको पुष्ट्याई गर्न कठिन हुने बताएकी हुन् ।
‘भाषा मिलेको नभए पनि संविधानमा राख्न पर्ने विषयवस्तु पुुगेको छ । संविधान आफैँमा पूर्ण कहिल्यै हुन्न । कुनैपनि राजनीतिज्ञलाई असल काम गर्न संविधानले रोक्दैन । असल नियत र नैतिकता भएन भने संविधान फेर्दैमा समस्या हट्दैन,’– उनले भनिन् ।