Logo

माओवादी केन्द्रको प्रस्ताव बारे भिम रावल : पहिला निर्वाचन, के छलफल गर्ने हो त्यसपछि मात्रै



 

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थाको आवश्यकता उठाएको छ । यस विषयमा प्रमुख दल नेकपा एमालेका उपाध्यक्ष भिम रावलसँग रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले कुराकानी गर्नुभएको छ । माओवादीले प्रस्ताव गरेको नयाँ व्यवस्थाका बारेमा नेकपा एमालेको धरणा के छ त ? रावलसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्छ भनेको छ । यसलाई कसरी लिनुभएको छ ?
यो कुनै नयाँ कुरा होइन । संविधान निर्माणका बेलामा अस्विकार भइसकेको कुरा हो ।

माओवादीको प्रस्ताव मान्नुहुन्न ?
चुनाव सम्पन्न गर्ने बेलामा नयाँ कुरा उठाउनु भनेको जनतालाई भ्रमित गर्ने कुरा मात्रै हो । अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नुपर्छ । के छलफल गर्ने हो त्यसपछि मात्रै ।

तपाईहरु पनि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहनुहुन्थ्यो नि । होइन र ?
हामीले के चाहौँ र के चाहेनौँ भन्ने कुरा पहिला संविधान निर्माण गर्दा विभिन्न दलहरुसँग सहमति गरेर टुङ्गो लगाइसकेका छाँै । पुनरावलोकन गर्नु पर्छ कि के गर्नुपर्छ, त्यो निर्वाचन पछिको कुरा हो । अहिले नयाँ नयाँ कुरा उठाउने भनेको जनतामा भ्रम छर्ने कुराबाहेक केही पनि होइन ।

नेपालमा शसकीय प्रणाली र निर्वाचन प्रणालीमा आमूल परिवर्तन हुनुपर्छ नि । होइन र ?
आमुल परिवर्तन यत्रो भइसक्यो नि । राजतन्त्रबाट गणतन्त्रमा गइसक्यौँ । स्थानीय तहको चुनाव भइसक्यो । प्रदेशमा गइसक्यौँ । यहाँभन्दा ठुलो आमुल परिवर्तन के हो ?

संसदीय व्यवस्थामा विकृति आयो नि ?
हामीले पुरानो संसदीय प्रणाली अपनाएका होइनाँै नि । संविधानमा हामीले थुप्रै सुधारका कुरा गरेका छौँ । एकचोटी अभ्यासमा त ल्याउनुप¥यो नि । परिणाम हेर्दै नहेरेर निर्वाचन सम्पन्न गर्ने बेलामा कहिले संविधान संशोधनको कुरा गर्ने, कहिले प्रणाली परिवर्तनको कुरा गर्ने । यो सबै विथोल्ने कुराबाहेक केही पनि होइन ।

तपाईहरु पहिला आफैँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहने पार्टी, अहिले किन माओवादीको प्रस्ताव नमान्ने ?
यो अहिलेको प्रुसंग होइन । संविधान निर्माण गर्दा हामीले एउटा कुरा राख्यौँ । अब संविधानमा जे कुराहरु लेखिएको छ, त्यसलाई अभ्यासमा लगेर परिणाम हेर्नुपर्छ । परिणामपछि मूल्याङ्क गर्नुपर्छ । अहिले स्थानीय तहकै चुनाव सम्पन्न नभएको समयमा, अझ अरु चुनावका लागि कानुन बनिसकेकै छैन, यस्तो समयमा गर्नुपर्ने काम नगर्ने, नगर्ने कुरामा हल्ला मच्चाएर राजनीतिक रुपमा अस्थिर तुल्याउने कुरा नेकपा एमालेलाई स्विकार्य छैन ।

संसदीय व्यवस्थामा सरकार परिवर्तन भइरहेन समस्या त देखियो नि ?
यसका केही कारण छन् । एउटा संवैधानिक र अरु आन्तरिक र वाह्य शक्ति । विभिन्न शक्तिहरुले देशलाई अस्थिर बनाउने र आफ्नो निहित स्वार्थ पूरा गर्न खोजेका कारण सरकार टिक्न नसकेको हो । व्यवस्थालाई मात्र दोष दिएर हुँदैन । स्वार्थका लागि गरिएको निकृष्ठ कूकृत्यहरुलाई पनि हेर्नुप¥यो नि ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने त ढुक्कसँग शासन चल्छ नि ?
म माओवादी केन्द्र र जनतालाई के स्पष्ट पार्न चाहन्छु भने, हामीले जुन संविधान बनाएका छौँ, त्यो संविधान अनुसार एउटा निर्वाचन पनि सम्पन्न गरका छैनौँ । संविधान अनुसार अभ्यास गरेकै छैनौँ । अहिले नै कसरी निष्कर्ष निकाल्न सकिन्छ कि अहिलेको व्यवस्था ठीक छैन भनेर । तपाईले भनेको त पुरानो संविधान अनुसारको व्यवस्थाको नतिजा हो । अहिलेको संविधानले गरेको व्यवस्था अनुसार त निर्वाचन नै गरेका छैनाँै ।



प्रतिक्रिया दिनुहोस्