साउन २०, काठमाण्डौँ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले इन्धन भण्डारण निर्माणका लागि गरिएको जग्गा खरिदका क्रममा कुनै अनियमितता नगरेको दोहो¥याएका छन् ।
शुक्रबार विहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रबन्ध निर्देशक खड्काले टेण्डर प्रक्रियामा कम मूल्य पर्ने गरी जग्गा किनिएको दाबी गरे ।
भैरहवा विमानस्थलका लागि सरकारले किनेको जग्गाको तुलनामा आफुले निकै सस्तो जग्गा किनेको दाबी खड्काले गरेका छन् ।
प्रक्रिया पूरा गरेको दाबी गर्दै खड्काले भने, “जो लोयस्ट विडर हुन्छ त्यसकै खरिद गर्नुपर्ने नियम हुन्छ ।”
शंका र अमुक व्यक्तिको रिसिबीको आधारमा झुटो आरोप लगाइएको हुन सक्ने आँैल्याउँदै चलखेल नभएको खड्काको दाबी छ ।
स्थलगत रुपमा अध्ययन गरेर र स्थानीय निकायमा सरकारी मूल्यका बारेमा जानकारी समेत लिएर मात्रै जग्गा खरिद गरिएको खड्काको तर्क छ ।
नौ महिनासम्म कहिँ कतैबाट टेण्डर सम्बन्धमा उजुरी नपरेकाले शंका गर्नुपर्ने ठाउँ नभएको खड्काको जिकिर छ ।
केही संचारमाध्यमहरुले हचुवाको भरमा गलत समाचार सम्प्रेषण गरेका कारण चलखेलको आशंका भएको खड्काले बताए । जग्गाको मूल्य कायम गर्ने मालपोतसँगको समेत सहकार्यमा जग्गा किनिएको दाबी पेश गर्दै खड्काले भने, “एक पैसा पनि हिनामिना भएको छैन । यदि त्यस्तो भएको रहेछ भने गोपाल खड्का जुनसुकै सजायँ भोग्न तयार छ ।”
जग्गा खरिदका क्रममा अस्वभाविक मूल्य नतिरिएको दाबी दोहो¥याउँदै खड्काले ३६ अर्व घाटा भएको निगमले ऋण तिरेर नाफामा जान थालेपछि धेरैको ध्यान आकर्षण भएको समेत बताए ।
सरकारले किन्न लागेको जग्गाको मूल्य जो कोहिले पनि औषतभन्दा बढि मूल्य लिन खोज्ने भएकाले केही महङ्गो भने पर्न सक्ने खड्काले स्विकार गरे ।
तर अस्वभाविक मूल्यका बारेमा सम्बन्धित ठाउँको मालपोत कार्यालयसँग लिखित रुपमा सोधेर नै निर्णय गरिएको खड्काको दाबी छ । कसैले आफ्नो स्वार्थ पूरा नभएपछि अनावश्यक हल्ला चलाएको आरोप खड्काको छ । इन्धन भण्डारण नबनोस् भन्ने सोच भएकाहरुले षडयन्त्र गरेको आशंका खड्काले गरेका छन् । तेल माफियाहरुले देश चलाइरहोस् भन्ने कतिपयको चाहना छ । खड्काले भने,“पहिलेदेखि कार्टेलिङ गरेर तेल व्यवसाय गर्नेहरु आयल निगम बलियो बनेपछि हाम्रो चलखेल हुँदैन भन्ने चिन्ता छ । त्यसैले जग्गा प्रक्रिया रोकिदैन । तर सरकारले ग¥यो भने केही भन्न सकिदैन ।”
हालसम्म एक अर्ब २० करोड रुपैयाँको जग्गा खरिद प्रक्रिया अगाडि बढेको खड्काल जानकारी दिए ।