सुर्खेत, २० असोज । सामाजिक विभेदमा आधारित सुर्खेतमा निर्माण गरिएको चलचित्र अछुत यहि असोज २१ गते रिलिज हुने भएको छ ।
समाजमा रहेको विभेद न्युनिकरण गर्ने उद्दस्यले निर्माण गरिएको चलचित्रको प्रमुख गित तथा टेलर युट्युब मार्फत सार्बजनिक भैसकेको छ ।
२१ औँ शताब्दीमा आईपुग्दा पनि समाजमा जातिय विभेद ब्याप्त मात्रामा रहेको भन्दै यसलाई न्युनिकरण गर्न कानुनले मात्र नसक्ने भएकाले मान्छेहरुको सोचाई र चिन्तनमा परिवर्तन ल्याउन चलचित्रले महत्वपुर्ण भुमिका खेल्न सक्ने जानकारी चलचित्रका लेखक तथा निर्देशक बालकृष्ण सुनारले बताए ।
चलचित्र हेरेपछि हाम्रो समाजमा रहेका केही रुढिवादी संस्कारमा परिवर्तन आउन सक्ने र मान्छेले मान्छेलाई मानवतावादी दृष्टिकोणले हेर्न प्रेरित गर्ने कुरा उनले बताए ।
सुर्खेती अग्रज तथा नवप्रतिभावान कलाकारहरुको अभिनय रहेको यो चलचित्रको सम्पुर्ण कार्यहरु यहि सम्पन्न भएकाले यो सबै सुर्खेतीहरुको शान र साझा सम्पति समेत रहेको कुरा लेखक निर्देशक सुनारले बताए ।
उनले यस चलचित्रलाई निर्माण गर्न सहयोग गर्नु हुने सम्पुर्ण कलाकार, व्यवसायी, पत्रकार,संघ संस्थाहरुलाई धन्यवाद दिए ।
काँक्रेविहार मुभिहाउस सुर्खेतले उत्पादन गरेको चलचित्रमा संजीब बराल र सपना सापकोटाको प्रमुख भुमिका रहेको चलचित्रमा प्रेमदेव गिरी, गणेश भक्त गौतम, प्रकाश पौडेल, अकबर खान, गिता कटुवाल, शेरबहादुर आचार्य लगायत दुई दर्जन भन्दा बढि कलाकारहरुको अभिनय रहेको छ ।
संगित तिलक गन्धर्व, द्धन्द निर्देशक विशाल सानु श्रेष्ठ, सम्पादन वलभद्र वौडेल, छायांकन अकवर खानले गरेका छन् । लेखक तथा निर्देशक सुनारले जानकारि दिए । चलचित्र निर्माणमा करिब सात लाख लगानि भएको समेत उनले बताए ।