काठमाडौं, २२ असोज । आगामी कार्तिक २ गते भाईटिकाको दिन देखि देशभर प्रर्दशमा आउने वर्षकै बहुप्रतिक्षित चलचित्र ‘रुद्रप्रिया’को बारेमा नायिका तथा यस चलचित्रकी निर्माती रेखा थापासँग सोधिएका १० प्रश्नको सम्पादित अंश
चलचित्र ‘रुद्रप्रिया’को तयारी कहाँ पुग्यो ?
तयारी करिब पुरा भएको छ । अबका ११ दिनमा चलचित्र ‘रुद्रप्रिया’ दर्शकको माझमा जाने छ ।
चलचित्र ‘रुद्रप्रिया’ले नेपाली समाज र चलचित्र जगतलाई दिन खोजेको सन्देश के हो ?
एउटा सिङ्गो चलचित्रले दिन खोजेको सन्देश वा बिचार यो कुराकानिमा अटाउन सक्छ जस्तो लाग्दैन । छोटकरीमा यस चलचित्रले बिचार प्रदान गर्नेछ । विगतका चलचित्रले जस्तै यस चलचित्रले पनि सामाजिक चरित्र बोकेको छ ।
यो चलचित्र नारिवादी चलचित्र हो । नारिहरुले भोगेको जीवनको छाँया यस चलचित्रमा देख्न सकिन्छ । यति मात्रै होईन भोलिको घामका बारेमा गहिरो सन्देश प्रभाव गर्ने प्रयास गरिएको छ । मलाई फन्टुस चलचित्र निमार्ण गर्ने फुर्सद छैन् ।
८ वर्ष पछि नायक आर्यन सिग्देलसँग काम गर्दा कस्तो अनुभव भयो ?
रमाईलो भयो । खुसिका साथ काम गर्ने मौका दोहोरियो ।
अबका दिनमा नायक सिग्देलसँग चलचित्रका कामहरुमा साझेदारी रहन्छ कि रहदैन ?
सहकार्य रहन्छ । किन नरहने हो र ?
चलचित्र रुद्रप्रिया सफल हुनेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
यहाँ भन्दा पहिले पनि मैले निमार्ण गरेरका र अभिनय गरेका चलचिहरुलाई नेपाली दर्शकहरुले माया गर्नु भयो । सफल भए । यो त झन हेर्नैपर्ने गरि निमार्ण गरेको चलिचित्र हो । सफल हुँदैन त ?
चलचित्रको नाममा उठेको रकमको प्रयोजन कुन काममा गर्नुहुन्छ ?
चलचित्र निमार्ण अथवा यहि कला क्षेत्रको विकास र केही परोपकारी काममा खर्च गरिने छ ।
पछिल्लो समयमा राजनीति भन्दा पनि चलचित्रकै काममा व्यस्त हुनुको कारण के हो ?
राजनीति भन्दा पर बसेकी छैन् । वर्तमान राजनीतिले स्थायि आकार लिन बाँकि छ । अर्को कुरा ठुलो लगानी गरेर निमार्ण गरेको चलचित्रको धेरै काम गर्नुपर्ने थियो । त्यसैले त्यस्तो लागेको मात्रै हो ।
कि राजनीति छोड्न थाल्नु भएको हो ?
भरखर सुरु गरेको राजनीति किन छोड्नु ? राजनीति खासमा गरेकै छैन् । दिलो जयान दिएर राजनीतिमा लाग्ने दिन आउँदैछन् ।
आगामी प्रदेश र केन्द्रको निर्वाचनमा उम्मेदारी दिनुहुन्छ या के गर्नु हुन्छ ?
लोकतान्त्रिक गठबन्धनले जे भन्छ । म त्यो गर्छु ।
टिकट मिलेन भने ?
राजनीतिमा पर्खाईको आवश्यकता हुन्छ । अहिले नै हतारो पनि छैन् । राजनीतिक स्थायित्वको आवश्यकता हो । पद भएमात्र राजनीति गर्ने नत्र नगर्ने भन्ने हुँदैन।
प्रस्तुति – धनराज वास्तविक