Logo

माओवादीले सरकार नछोड्ने, राप्रपाबाट मन्त्री बनेका के गर्लान ?



२८ असोज, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले सरकार नछोड्ने भएको छ । केन्द्रकी प्रवक्ता पम्फा भुसालले रिपोर्टसनेपालडटकमसँग कुरा गर्दै प्रधानमन्त्रीले मन्त्रीपरिषद विस्तार गरेको विषयमा अहिले पार्टी हेडक्वार्टरमा बैठक बसिरहेको जानकारी दिदै सरकार नछोड्ने बताइन् ।
निर्वाचनको मुखैमा आएर सरकार छोड्नु उचित नहुने भन्दै माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता नबोलाउने भुसालले बताइन् ।

यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका ८ जनालाई मन्त्रीपरिषदमा सहभागि गराएपछि माओवादी अप्ठ्यारोमा परेको छ । आठै जनालाई विनाविभागीय मन्त्री बनाइएको हो । त्यसैले पनि प्रधानमन्त्री देउवाले माओवादीबाट मन्त्री बनेकालाई हटाएर राप्रपाबाट मन्त्री भएकालाई मन्त्रालय भागबण्डा लगाउनुपर्ने बाध्यता छ ।

सहमति र सल्लाह विपरित मन्त्रीमण्डल विस्तार गरेपछि माओवादीले सरकार छाड्ने र ति मन्त्रालय राप्रपालाई दिने रणनीति देउवाले लिएको आशंका गरिएको छ । तर माओवादीले सरकार नछाड्नेभएपछि राप्रपाबाट विनाविभागिय मन्त्री बनेकाहरु अर्को समस्यामा पर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्