Logo

नयाँ मन्त्रीहरुले आजै ७ बजे सपथ लिने



काठमाडौं, २८ असोज । राष्ट्रपति कार्यालयले नयाँ ८ मन्त्रीलाई शनिवार साँझ ७ बजे सपथ गराउने तय गरेको छ ।

निर्वाचन आचारसंहिता लागिसकेपछि र संसदको अवधी सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो ।

तर आज विहान भएको निर्वाचन आयुक्तहरुसँगको परामर्शपछि नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम तय भएको हो । राष्ट्रपति कार्यालयले साँझ ७ बजेका लागि सपथग्रहणको समय तोकेको हो । प्रधानमन्त्री देउवाको सरकारमा नयाँ विस्तारसँगै मन्त्रिपरिषदको आकार ६४ सदस्यीय हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्