Logo

बद्री न्यौपाने नेतृत्व चुरेभावर एमालेमा समाहित



काठमाडौं, २८ असोज । पूर्वमन्त्री बद्री न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल शनिवार एमालेमा समाहित भएको छ ।

शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुरे भावरलाई एमालेमा बिलय गराएका हुन् ।

चुरे भावरले राष्ट्रिय एकता, सार्बभौमिकता र स्वतन्त्रताका पक्षमा आफूलाई उभ्याउँदै आएको छ । एमालेले लिएको राष्ट्रियताको अडान, नेपाललाई आत्मानिर्भर बनाउने नीति, बिकास र समृद्धिको मार्ग्चित्रका कारण आफ्नो सिंगो पार्टी एमालेमा समाहित भएको न्यौपानेले बताए ।

एमाले अध्यक्ष ओलीले पार्टी एकताले शक्ति निर्माण गर्ने भन्दै बिचार मिल्ने, नीति र सिद्धान्त मिल्ने दलहरुका बीचमा भएको तालमेल र एकताबाट नआत्तिलन कांग्रेस लगायतका दलहरुलाई आग्रह गरे ।

उनले निर्वाचन नगराउने तर्फबाट सम्पूर्ण खेल बन्द गर्न सरकारलाई चेतावनी दिए ।

तस्विर : पवन भट्टराई



प्रतिक्रिया दिनुहोस्